Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सुदूरपश्चिममा लगातार भूकम्पको धक्का महशुस, बझाङका केही घरमा क्षति

    सुदूरपश्चिममा लगातार भूकम्पको धक्का महशुस, बझाङका केही घरमा क्षति

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1.9K
    SHARES

    धनगढी । बझाङलाई केन्द्रबिन्दु बनाएर लगातार पाँच पटक भूकम्पको धक्का महशुस भएको छ ।

    मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दुआसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।



    भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।



    त्यसको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ । बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।

    भूकम्पबाट दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालयहरु र घरहरु भत्किएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार