Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बझाङमा लगातार चार रेक्टरमाथिका ६ वटा भूकम्प

    बझाङमा लगातार चार रेक्टरमाथिका ६ वटा भूकम्प

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1.2K
    SHARES

    धनगढी । बझाङमा लगातार ६ पटक भूकम्पको धक्का महशुस भएको छ ।

    बझाङमा केन्द्रविन्दु भएर आज पटक पटक ४ रेक्टरमाथिको भूकम्प गएका हुन् ।



    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सबैभन्दा ठूलो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको गएको थियो ।



    त्यसअघि २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो, जुन पहिलो थियो ।

    केन्द्रका अनुसार ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर स्केलको र बेलुकी ५ बजेर १९ मिनेटमा ५ रेक्टरको भूकम्प गएको छ ।

    भूकम्पका कारण ठाउँ–ठाउँमा भवनहरु भत्किएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार