Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुन तस्करी प्रकरणमा सीआईबीले लियो पूर्व सभामुख महराको बयान

    सुन तस्करी प्रकरणमा सीआईबीले लियो पूर्व सभामुख महराको बयान

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । भेपमार्फत् सुन तस्करी भएको प्रकरणमा जोडिएका पूर्व सभामुख कृष्णबहादुर महराको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिएको छ ।

    नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महराको सीआईबी मंगलबार साँझ बयान लिएको हो । स्रोतका अनुसार ४५ मिनेटसम्म महराको बयान लिइएको छ ।



    यसअघि सीआईबीले सुन तस्करी प्रकरणमा महरा छोरा राहुल महराको पनि बयान लिएको थियो । उक्त प्रकरणमा संलग्न चिनियाँ नागरिकसँग महराको फोन सम्पर्क देखिएकाले बयान लिइएको बताइएको छ ।



    तस्करीमा संलग्न ब्यापारीसँग माओवादी उपाध्यक्ष महराको पटक पटक टेलिफोन सम्पर्क भएको खुले पनि उनीमाथि अनुसन्धान नभएको भन्दै विरोध भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार