Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • खैरो हेरोइनसहित दुईजना भारतीय पक्राउ

    खैरो हेरोइनसहित दुईजना भारतीय पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 1.9K
    SHARES

    कैलाली । प्रहरीले कैलालीमा खैरो हेरोइनसहित दुई भारतीयलाई पक्राउ गरेको छ ।

    जिल्लाको लम्कीचुहा नगरपालिका-९ सोहनपुर भन्ने स्थानमा लागूऔषध (खैरो हेरोइन) कारोबार तथा सेवन भई रहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा लखिनपुर खिरी निघासन तिकुनिया भारत बस्ने वर्ष २४को गुर्वेन्द्र सिंह र वर्ष २१ को कुलदिप सिंह रहेका छन् । कालो रङको युपि ३१ बिवाइ ४९२४ नम्बरको मोटरसाइकल र १० ग्राम खैरो हेरोइनसहित उनीहरुलाई लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    शंकास्पद रुपमा बसिरहेका अवस्थामा दुवै जनाको खानतलासी गर्दा निज कुलदिप सिंहले तल्लो शरीरमा लगाएको नीलो रङको ट्राउजरको बाँया खल्तीमा लुकाई छिपाई कालो रङको प्लाष्टिकको झिल्लीमा पोका पारेको २ थान प्लाष्टिकसहित तौल गर्दा १० ग्राम ६ सय ९० मिलिग्राम र प्लाष्टिक हटाई तौल गर्दा १० ग्राम २ सय ८० मिलिग्राम परिमाण भएको लागूऔषध (खैरो हेरोइन) फेला पारी दुवै जनालाई नियन्त्रणमा लिइएको डीएसपी कुलदिप चन्दले बताए । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार