Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विश्वकीर्तिमानी दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

    विश्वकीर्तिमानी दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई विशेष बढुवा गरेको छ।

    १९औं एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरुद्धको खेलमा विश्व कीर्तिमान कायम गरेका ऐरीलाई प्रहरीले एक तह बढुवा गर्दै सहायक हवल्दार बनाएको हो।



    ऐरी नेपाल पुलिस क्लबका कप्तान समेत हुन्। चीनको हाङ्जाओमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा ९ बलमै अर्धशतक पूरा गरी उनले विश्व कीर्तिमान बनाएका थिए।



    २३ वर्षीय दायाँ हाते ब्याट्सम्यान दीपेन्द्रले सन् २०१७ को मार्च ११ मा केन्याविरुद्धको खेलबाट नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार