Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • हमासले इजरायलमाथि गरेको आक्रमणमा ९ जना नेपाली घाइते

    हमासले इजरायलमाथि गरेको आक्रमणमा ९ जना नेपाली घाइते

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । इजरायलमा हमास आक्रमणमा परी ९ जना नेपाली घाइते भएका छन् ।

    तेल अविवस्थित नेपाली दूतावासका अनुसार घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेका हुन् । घाइते हुनेहरूको विवरण संकलन गर्ने काम भइरहेको दूतावासले जनाएको छ ।



    दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएको बताइएको छ । शनिबार विहानदेखि हमासले रकेट आक्रमण गर्दा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ७४० जना घाइते छन् ।



    यो पछिल्ला वर्षहरूमा हमासले इजरायलमाथि गरेको सबैभन्दा ठूलो आक्रमण हो। अहिले गाजाका विभिन्न स्थानमा हमास लडाकु र इजरायली सैनिकबीच भिडन्त भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार