Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अवैध काठसहित कैलालीबाट तीन जना पक्राउ

    अवैध काठसहित कैलालीबाट तीन जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 654
    SHARES

    धनगढी । कैलालीको गोदावरी नगरपालिका–८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट अवैध सालको काठसहित तीन जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१५७ नम्बरको ट्रकका चालक बैतडीको पाटन नगरपालिका– ८ का २५ वर्षीय सिद्धराज भट्ट, सोही ठाउँका ट्रकका साहु ४२ वर्षीय देवराज भट्ट र काठका साहु गोदावरी नगरपालिका–८ का २८ वर्षीय मदन छेडाल छन्।



    इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई एक सय सात थान सालका कडी ट्रकमा ढुवानी गर्दागर्दै पक्राउ गरेको हो । प्रहरीले घटनाको थप अनुसन्धान गरी कारबाहीका लागि सबडिभिजन वन कार्यालय अत्तरियामा बुझाउने तयारी गरेको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ ।



    त्यस्तै,कैलालीको घोडाघोडी नगरपालिका–८ का दोर्जे शाही ३० दशमलव ७५ क्यूफिट चिरान काठ र ८३ क्यूफिट गोलियासहित पक्राउ परेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।

    शाहीले आमफाँटामा सञ्चालन गरेको मोहन्याल फर्निचर उद्योगभित्रबाट काँचो सालका नौ गोलिया, १२ थान चिरान गरेका कडी र २४ थान पटरासहित पक्राउ गरिएको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार