Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुन तस्करी प्रकरणमा महरालाई उन्मुक्ति !

    सुन तस्करी प्रकरणमा महरालाई उन्मुक्ति !

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 447
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर गरेको सुन तस्करी प्रकरणमा पूर्व सभामुख कृष्णबहादुर महरालाई उन्मुक्ति दिएको छ ।

    सरकारी वकिल कार्यालयमा आइतबार सो घटनाको अनुसन्धान प्रतिवेदन बुझाएको सीआईबीले पूर्व सभामुख महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको छ ।



    केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी किरण बज्राचार्यका अनुसार सीआईबीले पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकाल्दै महराका छोरा राहुल महरा, लोकेन्द्रकुमार पौडेल र तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङसहित ४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएको छ ।



    भेप प्रकरणमा प्रतिवादी कायम गर्न सिफारिस गरिएका एक जना फरार छन् । चिनियाँ सुन तस्कर दाओजिन वाङसहित ६ जनालाई पछि खुलेको अवस्थामा प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ ।

    प्रतिवेदनमा ८ करोड ५७ लाख रुपैयाँ बिगो कायम गर्नुपर्ने राय दिइएको छ । सीआईबीले संगठित अपराधको कसुरमा ६० दिनसम्म अनुसन्धान गरेर पठाएको प्रतिवेदनको आधारमा २७ असार २०८० मा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

    मुद्दा दर्ता भएपछि यो प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा पनि जोडिएको खुलेको थियो । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार