Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • इजरायलबाट विद्यार्थीहरूको गुहार – मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेका छौं, आफ्नै देशमा फर्काइदिनुस्

    इजरायलबाट विद्यार्थीहरूको गुहार – मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेका छौं, आफ्नै देशमा फर्काइदिनुस्

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 753
    SHARES

    काठमाडौं । इजरायलमा जारी द्वन्द्वमा परेका नेपाली विद्यार्थीहरूले उद्धार गरिदिन आग्रह गरेका छन् ।

    सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थीहरूले उद्धार गरिदिन आग्रह गरेका हुन् ।



    आफूहरू तीन दिनदेखि मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेको भन्दै सामाजिक संञ्जालमा एक भिडियो सन्देश जारी गर्दै चाँडो उद्धार गरिदिनु आग्रह गरेका छन्।



    शनिवारदेखि बंकरभित्रै लुकेर बसेका विपिन सुवेदीले आफूहरूको अवस्था निकै नाजुक रहेको बताए । घरकालाई तनाव हुन्छ भनेर भिडियो नबनाउने पक्षमा रहेको भन्दै उनले आजसम्म उद्धार नहुँदा बाध्य भएर बनाउनुपरेको बताए ।

    बंकरभित्र रहँदा कुन बेला आतंकवादीहरू आएर मार्ने हो भन्नेमा कुनै टुङ्गो नरहेको उनको भनाइ छ । ४९ जनामा १० जना साथीहरू गुमाइसकेको भन्दै अब आफूहरूको समेत त्यस्तै अवस्था हुने हो कि भन्नेमा रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार