Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • इजरायलमा नेपाली विद्यार्थीहरूको मृत्यु : सरकारद्धारा मंगलबार राष्ट्रिय शोक घोषणा

    इजरायलमा नेपाली विद्यार्थीहरूको मृत्यु : सरकारद्धारा मंगलबार राष्ट्रिय शोक घोषणा

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 690
    SHARES

    काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको शोकमा सरकारले बिदा दिने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद्को विशेष बैठकले नेपालीहरूको मृत्यु भएकोमा मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको हो।



    सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख राहत दिने निर्णय पनि गरिएको छ ।



    सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।

    इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो ।

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले सरकारी कार्यालय र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार