Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भिसा पाएर बुधबार इजरायल जान लागेका २४ कामदार रोकिए

    भिसा पाएर बुधबार इजरायल जान लागेका २४ कामदार रोकिए

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 489
    SHARES

    काठमाडौं । इजरायलसँग भएको श्रम सम्झौता बमोजिम स्याहार केन्द्रमा सहायक कामदारका रूपमा छनोट भएर भिसा पाएका २४ नेपाली कामदार रोकिएका छन् ।

    इजरायल आक्रमणका कारण उनीहरूको यात्रा रद्द गरिएको हो । भिसा समेत प्राप्त गरिसकेका कामदारहरूको उडानको समय बुधबार बिहान १ बजे तय भएको थियो ।



    तर इजरायलमाथि प्यालेस्टाइनको इस्लामिक समूह हमासले गरेको आक्रमणका कारण तनाव सिर्जना भएको छ । जसकारण १० जना नेपाली विद्यार्थीहरूको ज्‍यान समेत गएको छ।



    श्रम मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन शाखाले इजरायलको शान्ति सुव्यवस्था सामान्य भएपछि वैदेशिक रोजगारसम्बन्धी थप कारबाही अगाडि बढाइने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार