Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अब एमालेसँग मेरो खेल सुरु भयो : दुर्गा प्रसाईं

    अब एमालेसँग मेरो खेल सुरु भयो : दुर्गा प्रसाईं

    अनलाइन नेपाल
  • मंगलबार, २३ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली र युवासंघका इन्चार्ज महेश बस्नेत आफूसँग डराएको बताएका छन् ।

    युवा सङ्घले सोमबार प्रसाईंलाई कालोमोसो दलेपछि आज आफ्नै घरमा पत्रकार सम्मेलन गरेर प्रसाईंले यस्तो बताएका हुन् ।  प्रसाईंले देश बचाउनुपर्छ भन्दा आफूमाथि दुर्व्यवहार भएको भन्दै अब एमालेसँग खेल सुरु भएको बताए।



    प्रसाईंले भने,‘म खुसी छु । मैले त नागरिक बचाउ, देश युवाविहीन भयो, जनताले दुःख पाए भन्दा मलाई दुर्व्यवहार भयो । एमाले कसको पार्टी रहेछ भन्ने देखियो । तस्करहरूको पार्टी एमाले भन्ने प्रमाणित भयो । गरिबको आवाज उठाउँदा मलाई कालो मोसो दलियो । यसको जवाफ जनताले फर्काउँछन् । हिजोदेखि खेल सुरु भयो, एमालेले मसँग खेल सुरु गर्यो, मैले आजबाट सुरु गरेँ । खेल बन्द भएको छैन ।’



    उनले केपी ओली हजुरबा भन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठमा धेरै राजनीतिक चरित्र रहेको बताए ।

    प्रसाईंले यो व्यवस्था नै परिवर्तन गर्नुपर्ने भन्दै यही अवस्था रहे देशमा लास उठाउने मान्छे समेत नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार