Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भद्रपुरबाट ब्राउन सुगरसहित चार जना पक्राउ

    भद्रपुरबाट ब्राउन सुगरसहित चार जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 465
    SHARES

    फाइल तस्विर

    झापा । साइकलको सिटमुनिको फलामे पाइपभित्र लुकाइ लागूऔषध ब्राउन सुगर ल्याउने चार जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-२ स्थित हिमाली निवासी १९ वर्षीय निसान लिम्बु, सोही ठाउँका २४ वर्षीय रिवज रनपहेली, दमक नगरपालिका-१ निवासी रुस्बिन लिम्बु भनिने विवेक फियाक लिम्बु र दमक-२ का निश्चल भन्ने विक्रम लिम्बु रहेका छन् ।



    सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले भद्रपुर-३ स्थित झोलुङ्गे पुलमा भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका निसान र पवनलाई रोकेर सोधपुछ गरेको र उनीहरूले लागूऔषध सेवन गरेको पाइएकोले नियन्त्रणमा लिएर वडा कार्यालय भद्रपुर पठाएका थिए।



    प्रहरीले तीनै जनाको अगाडि साइकलको चेकजाँच गरेका थिए। उनीहरूले साइकल सिटमुनिको फलाम पाइपभित्र कालो प्लास्टिकमा पोका पारेको दुई पोका ब्राउन सुगर ल्याएको र जसको तौल १४ ग्राम १५० मिलिग्राम रहेको झापा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार