Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भ्रष्टाचार रोक्न पदमा बस्नेले मानसिकता बदल्नुपर्छ : सञ्चारमन्त्री शर्मा

    भ्रष्टाचार रोक्न पदमा बस्नेले मानसिकता बदल्नुपर्छ : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 714
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नु जरुरी रहेको बताएकी छन् ।

    बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् ।



    सञ्चारमन्त्री शर्माले सार्वजनिक लाभको पदमा बसेका व्यक्तिहरुको मानसिकताका कारण भ्रष्टाचार भइरहेको बताईन् ।



    भ्रष्ट मानसिकतालाई बदल्ने कुरा नै अहिलेको प्रमुख चुनौति रहेको सञ्चारमन्त्री शर्माको भनाई छ ।

    सञ्चारमन्त्री शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार रोक्ने नभई कारबाहीको दायरामा ल्याउने कुरामा सबै स्पष्ट हुनुपर्ने बताईन् ।

    मन्त्रिपरिषद्ले गर्ने सबै निर्णयहरुलाई नीतिगत निर्णयको रुपमा हेर्नु गलत भएको भन्दै यसलाई सच्याउनुपर्ने सञ्चारमन्त्री शर्माको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार