Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अर्थतन्त्रको ‘मेजर अपरेसन’ गर्नुपर्ने अवस्था छ : विष्णु पौडेल

    अर्थतन्त्रको ‘मेजर अपरेसन’ गर्नुपर्ने अवस्था छ : विष्णु पौडेल

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 636
    SHARES

    फाइल तस्विर

    ​रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका संकटबारे पनि सरकार गम्भीर बन्न नसकेको बताएका छन्।

    प्रेस चौतारी रुपन्देहीले आइतवार बुटवलमा गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।



    उपाध्यक्ष पौडेलले अर्थतन्त्रको मेरुदण्ड भाँचिएको अवस्थामा पनि सरकार गम्भीर बन्न नसकेको बताए।



    उपाध्यक्ष पौडेलले भने, ‘मुलुकको अर्थतन्त्रलाई चानचुने उपचार गरेर होइन, मेजर अपरेसन गर्नुपर्ने अवस्था छ । सरकार अपरेसन त परै जाओस् सिटामोलसमेत दिनका सकेका छैन । अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले काम गरेन् ।’

    देशमा आर्थिक विकास र समृद्धि, सुशासनका क्षेत्रमा कहालीलाग्दा समस्याका चाँङहरू हुँदासमेत सरकारको ध्यान सत्तामा बस्न र टिक्नमा मात्र केन्द्रित रहेको दाबी गरे ।

    कर्मचारीलाई ऋण गरेर तलब खुवाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी गर्न नसकेको उपाध्यक्ष पौडेलले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार