Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आजदेखि खसीबोका बिक्री गर्दै खाद्य, कति पर्छ मूल्य ?

    आजदेखि खसीबोका बिक्री गर्दै खाद्य, कति पर्छ मूल्य ?

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 717
    SHARES

    फाइल तस्विर

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि आजदेखि बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ ।

    कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो रु छ सय ८० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय ६० मा बिक्री गर्नेछ ।



    उक्त मूल्यमा उपभोक्ताले प्रतिकिलो रु १० छुट पाउनेछन् । कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।



    यस वर्षको दसैँमा दुई हजार खसीबोका तथा एक हजार च्याङ्ग्रा बिक्री गरिने कम्पनीको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार