Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गुल्मीमा उत्कृष्ट कार्य गर्ने १६ जना प्रहरी सम्मानित

    गुल्मीमा उत्कृष्ट कार्य गर्ने १६ जना प्रहरी सम्मानित

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 6.3K
    SHARES

    गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्य गर्ने १६ जना प्रहरीलाई सम्मानित गरेको छ ।

    ६८ औं प्रहरी दिवसको अवसरमा विभिन्न क्षेत्रमा कार्यरत १६ जना प्रहरीलाई सम्मान गरिएको हो ।



    एक वर्षको अवधिमा कार्यालय मातहतमा रहेर सूचना सङ्कलन, विपद्, अपराध न्यूनीकरणका साथै विभिन्न क्षेत्रमा रहेर उत्कृष्ट कार्य गर्ने १६ जना प्रहरीलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।



    सम्मानित हुनेमा कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षकसम्म रहेका छन् । यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीले इश्मा र रुरुक्षेत्रमा प्रहरी चौकी निर्माणका लागि निःशुल्क रुपमा जग्गा उपलब्ध गराउने जग्गादातालाई समेत सम्मान गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीले प्रहरी दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय,तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार