Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विदेशी मुद्रासहित विमानस्थलबाट चिनियाँ मुलका भारतीय नागरिक पक्राउ

    विदेशी मुद्रासहित विमानस्थलबाट चिनियाँ मुलका भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले स्रोत नखुलेको रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेका छन् ।उनी मंगलबार दिउँसो चीनको सिचुआन प्रान्तबाट आएर दिल्ली जान लागेको अवस्थामा पक्राउ परेका हुन् ।



    छोदेनको साथबाट १६ हजार चार सय ३० अमेरिकी डलर, ५४ हजार चार सय ५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँ फेला परेको छ ।

    छोदेनलाई प्रहरी बृद्ध गौशालामा राखी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका छोदेन भारतको दलैलास्थित धर्मशालामा बस्ने गरेको खुलेको र उनको साथमा भारतीय राहदानी भएको प्रहरीले जनाएको छ ।

    छोदेनबाट प्रहरीले बरामद गरेको रकम करिब ३१ लाख ५० हजार रुपैयाँ नेपाली हुन आउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार