Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ९ बुँदे घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको विवादित सम्मेलन

    ९ बुँदे घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको विवादित सम्मेलन

    अनलाइन नेपाल
  • आइतबार, ५ कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन एवं ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व ज्ञान सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

    गत बिहीबार काठमाडौंमा सुरु भएको सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै आइतवार साँझ सकिएको हो । सम्मेलनको उद्धघाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए ।



    संघको समापन समारोहमा प्रधानमन्त्री उपस्थित हुने भने पनि अनलाइनमा गरिएको मतदानको नतिजामा विवाद भएपछि कार्यक्रम नै स्थगित भएको थियो ।



    सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदलगायत विभिन्न मन्त्रीहरू, राजदूतहरू, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षलगायतका पदाधिकारी, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरु, पदाधिकारीहरू, अग्रज तथा अभियन्ताहरु एवं संसारभरिका ५९ मुलुकका ४ हजार २ सय २७ प्रतिनिधि भौतिक र अनलाइनमार्फत् सहभागी भएका थिए ।

    संघको महाधिवेसनले डा. बद्री केसीको अध्यक्षतामा ७४ जना पदाधिकारी रहेको नयाँ कार्यसमिति निर्वाचित गरेको छ । पराजित तथा असन्तुष्टहरुको समूहले बेग्लै कार्यसमिति घोषणा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार