Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ईश्वरबहादुर जसले अष्टमीका दिन बाबुआमा, सासुआमा, श्रीमती र अवोध दुई छोरा गुमाए

    ईश्वरबहादुर जसले अष्टमीका दिन बाबुआमा, सासुआमा, श्रीमती र अवोध दुई छोरा गुमाए

    अनलाइन नेपाल
  • सोमबार, ६ कार्तिक २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । देवचुली नगरपालिका–१६ रजहरका ईश्वरबहादुर लोहनीमाथि एकैपटक यति ठूलो बज्रपात पर्यो, जुन हामी कल्पना पनि गर्न सक्दैनौं । यसपटकको दशैंमा फूलपाती भित्राएपछि रानीमहल घुमेर नवमीसम्म फर्किने योजनामा गएको लोहनी परिवार नै दुर्घटनामा परेर हृदयविदारक क्षति पुगेको छ ।

    अवोध छोरासहित बाबुआमा, श्रीमती, सासुआमासम्म एकै दुर्घटनामा गुमाएका ईश्वरबहादुर लोहनी आफू पनि बोल्न सक्ने अवस्थामा छैनन् । दुर्घटनामा घाइते भएका लोहनीको होस त आयो तर अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।



    लामो समय वैदेशिक रोजगारीबाट फर्केर गाउँमै कुटनी–पिसनीको मिल चलाउँदै आएका ६५ वर्षीय कृष्णबहादुर, उनकी श्रीमती ५५ वर्षीया पार्वती लोहनी, बुहारी ३५ वर्षीया सविना धिताल, ११ वर्षीय सोबिस धिताल र अर्का साढे दुई वर्षका नाति र सम्धिनी ५५ वर्षीया चुना धिताल रानीमहल घुम्न निस्केका थिए । घुम्ने टोलीको नेतृत्व गर्दै आफ्नै जीप चलाएका थिए, ईश्वरबहादुरले ।



    फूलपाती भित्राएर घुम्न निस्केको लोहनी परिवार चढेको जीप अष्टमीका दिन दुर्घटनामा परेर ईश्वरबहादुरबाहेक सबैको मृत्यु भएको छ । गाउँकै देवचुली माविमा पढाउँदै आएका ईश्वरबहादुरले एकै दिन बाबुआमा, सासुआमा, श्रीमती र अवोध दुई छोरा गुमाए । जसले गर्दा उनको परिवारमात्रै होइन रजहर कुमारवस्ती नै शोकमा डुबेको वडा नम्बर १६ का अध्यक्ष केशवप्रसाद गौतमले बताए ।

    ‘ईश्वरको हातखुट्टामा गम्भीर चोट लागेको छ । रजहरमा कुमारवर्ती र कालिका मन्दिर छन् । ती मन्दिरबाट फूलपातीमा डोली निकालेर टोलटोल पुर्याउने र मन्दिरमा ल्याएर भित्राउने गरिन्छ । ईश्वरबहादुरकै नेतृत्वमा टोल–टोलमा पुर्याइएको डोलीमा घर–घरबाट फूल चढाएपछि मन्दिरमा ल्याएर डोली भित्राइएको वडाध्यक्ष गौतमले बताए ।

    प्रहरीका अनुसार रानीमहल घुमेर फर्किने क्रममा बागमती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जीप बैकुण्ठे छाँगोमा दुर्घटनामा परेको हो । अक्करे बैकुण्ठ भीरबाट बराङ्दी खोलामा गाडी खसेको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । दुर्घटना स्थल रानीमहलभन्दा एक किलोमिटर दूरीमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार