Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धनगढीबाट लागूऔषधसहित ५ जना पक्राउ

    धनगढीबाट लागूऔषधसहित ५ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ९ कार्तिक २०८०
  • 618
    SHARES

    संकेतिक तस्विर

    धनगढी । प्रहरीले कैलालीको धनगढीबाट लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।

    कैलालीको धनगढी उपमहानगरपालिका–९ बंग्राकटानबाट ७२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित मनेहरा बस्ने २१ वर्षीय नरेश राना र पथरिया बस्ने १९ वर्षीय हितेश रानालाई प्रहरीले पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा लागूपदार्थ फेला पारी पक्राउ गरेको हो ।



    यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट ३९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित स्थानीय २८ वर्षीय राकेश भट्टसहित ३ जनालाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको छ ।

    अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा लागूपदार्थ फेला पारी पक्राउ गरेको छ । लागूपदार्थ सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार