Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु

    कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १० कार्तिक २०८०
  • 765
    SHARES

    फाइल तस्विर

    धनगढी । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

    काँडा नदीमा नुहाउने क्रममा डुबेर बर्दगोरीया गाउँपालिका-६ का ६ वर्षीय छोरा दिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्लको मृत्यु भएको हो ।



    बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    उनीहरुको शव नदीको बीच भागबाट निकालिएको थियो । मृतकको शव परीक्षणपछि आफन्तले बुझेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार