Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • चौरपाटीमा ‘पालिका स्तरीय भलिबल प्रतियोगिता’ हुने, प्रथम पुरस्कार ४० हजार !

    चौरपाटीमा ‘पालिका स्तरीय भलिबल प्रतियोगिता’ हुने, प्रथम पुरस्कार ४० हजार !

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 2.3K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकामा ‘पालिका स्तरीय भलिबल प्रतियोगिता’ हुने भएको छ । गाउँपालिकाको आयोजनामा  विजया दशमी तथा दीपावलीको अवसरमा यही कार्तिक १७ देखि १९ गतेसम्म सो भलिबल प्रतियोगिता हुन लागेको हो ।

    गाउँपालिकाका अनुसार प्रथम पुरस्कार ४० हजार, द्धितिय पुरस्कार ३० हजार, तृतीय पुरस्कार २० हजार र सान्त्वना पुरस्कार १० हजार रहेको छ । पुरस्कार रकमबाट नियमानुसार कर कट्टी गरिने पनि गाउँपालिकाले जनाएको छ ।



    साथै सहभागि हुने टिमले कार्तिक १६ गतेभित्र टिम दर्ता गराइसक्नु पर्नेछ । यस्तै खेलाडीहरूको खाना, बस्न तथा व्यवस्थापनको खर्च वडाले गर्नु पर्नेछ ।



    साथै खेलाडी वडाभित्रको स्थायी बासिन्दा हुनुपर्ने छ । खेल कार्तिक १७ गतेबाट गाउँपालिकाको खेल मैदानमा खेलाइने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार