Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • युद्धग्रस्त मुलुकलाई लुम्बिनीबाट गुटेरेसले भने – युद्ध छोडेर शान्तिको बाटोमा लागौं

    युद्धग्रस्त मुलुकलाई लुम्बिनीबाट गुटेरेसले भने – युद्ध छोडेर शान्तिको बाटोमा लागौं

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 573
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गरेका छन् ।

    गुटेरेसले गौतमबुद्धको जन्मभूमि लुम्बिनीको मायादेवी मन्दिरबाट विश्वलाई शान्तिको सन्देश दिएका हुन् ।



    उनले संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण भएको बताए । महासचिव गुटेरेसले विश्व शान्ति तथा मानव समुदायबीचको सद्‍भाव र भातृत्वका लागि अपिल गरे ।



    गुटेरेसलाई स्वागत गर्न लुम्बिनी पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी बुद्धको जन्मस्थल, बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मात्रै नभएर शान्ति र सद्भावको केन्द्र समेत रहेको बताए ।

    महासचिव गुटेरेस आजै अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार