Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गुटेरेस र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेट

    गुटेरेस र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेट

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 360
    SHARES

    काठमाडौं । । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

    सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयमा रहेको राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा दुईजनाबीच भेटवार्ता भएको हो ।



    अध्यक्ष तिमिल्सिनासँगको भेटलगत्तै महासचिव गुटेरेसले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेट गरेका छन् ।



    उनीहरूबीच गृहमन्त्रालयमा भेटवार्ता भएको हो । महासचिव गुटेरेसले आजै संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दैछन् ।

    चारदिने नेपाल भ्रमणमा रहनुभएका गुटेरेसले यसअघि उच्चस्तरीय भेटवार्ता र सगरमाथा क्षेत्र, अन्नपूर्ण आधार शिविर, पोखरा र लुम्बिनीको अवलोकन भ्रमण गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार