Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • घट्यो डिजेल र मट्टीतलेको मूल्य, पेट्रोल र ग्यासको यथावत

    घट्यो डिजेल र मट्टीतलेको मूल्य, पेट्रोल र ग्यासको यथावत

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 630
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

    निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो । पेट्रोलको मूल्य भने यथावत छ।



    अब डिजेल र मट्टीतललाई काठमाडौं, पोखरा र दिपायलमा १६४ रुपैयाँ पर्ने छ । सुर्खेत र दाङमा प्रतिलिटर १६३ रुपैयाँ पर्ने छ । यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १६२ रुपैयाँ पर्ने छ ।



    निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर १.५१ रुपैयाँ बढेर तथा डिजेलको मूल्य प्रतिलिटर ३.६३ रुपैयाँले घटेर आएको छ । यस्तै, एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर ९३ रुपैयाँ बढेर आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार