Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • गुल्मीमा १५ वर्षीया किशोरीको शव फेला

    गुल्मीमा १५ वर्षीया किशोरीको शव फेला

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 723
    SHARES

    फाइल तस्विर

    गुल्मी । गुल्मीको हुग्दी खोला किनारमा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ ।

    गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ हुग्दी खोला किनारमा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको हो ।



    चन्द्रकोट–५ निवासी १५ वर्षीया मनिषा रुचालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।



    उनी चन्द्रकोटको एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् । मनिषाकी आमाका बिहीबार दिउँसो ११ बजेतिर खेतमा काम गरिरहेकाहरुलाई सुर्ति किनिदिन भन्दै उनी पसलमा गएकी थिइन् ।

    अबेलासम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनी शुक्रबार बिहान मृत फेला परेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार