Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौँको सडकपेटीमा सेनाका लेस नायक मृत फेला

    काठमाडौँको सडकपेटीमा सेनाका लेस नायक मृत फेला

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 2.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको सडक पेटीमा नेपाली सेनाका लेस नायक मृत अवस्थामा फेला परेका छन् ।

    काठमाडौं महानगरपालिका वडा नम्बर १३ सोल्टिमोडस्थित दरबार बैंकेटअगाडि सडक पेटीमा २६ वर्षका लेस नायक सुमन कार्की मृत अवस्थामा फेला परेका हुन् ।



    गणेश दल गण जंगीअड्डा भद्रकालीका अनुसार लेस नायक कार्की जंगी अड्डा भद्रकालीमा कार्यरत थिए ।



    काठमाडौँकै चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ घर भएका उनको साथमा नेपाल आर्मीको आईडी कार्ड भेटिएको छ ।

    घटनास्थलको नजिकमा रहेको बिजुलीको पोलमा ‘विनोद रेष्ट इन पिस’ लेखेर टाँसिएको कागज भेटिएको छ। घटनाको विषयमा प्रहरी वृत कालीमाटीले अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार