Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मेयर बालेनले ल्याए ‘साथी महानगर’ स्वर्णिम योजना

    मेयर बालेनले ल्याए ‘साथी महानगर’ स्वर्णिम योजना

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 696
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएका छन्।

    सोमबार फेसबुकमा स्ट्याटस राख्दै मेयर बालेनले खर्चको अभावमा संस्कार छोड्नु नपरोस् भन्दै ‘साथी महानगर’ योजना कार्यान्वयनमा ल्याएका हुन्।



    मेयर बालेनले भेटौंला, महानगरबासीको दुःख मेटौंला कार्यक्रम अन्तर्गत महानगरबासीलाई विपन्न वर्गका परिवारलाई किरिया खर्चका लागि २० हजार रुपैयाँसम्म र सुत्केरी सहयोगका लागि १० हजार रुपैयाँसम्म दिने बताए।



    महानगरबासीसँग आत्मीय र भावनात्मक सम्बन्धका लागि महानगरपालिकाले उक्त योजना कार्यान्वयनमा ल्याएको मेयर बालेनको भनाई छ । कसैलाई महानगरपालिकाले प्रदान गर्ने सहयोग लिन परे आफू बस्ने वडा कार्यालय वा महानगरपालिकाको सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन एकाइमा सम्पर्क राख्न समेत उनले अनुरोध गरे।

    तर सम्पर्क गर्न जाँदा भने विभिन्न कुरामा ख्याल गर्न अनुरोध गरिएको छ। मेयर बालेनले भनेका छन्, ‘सम्पर्क गर्न जाँदा तपाईंलाई कस्तो सहयोग चाहिएको हो, केका लागि सहयोग चाहिएको हो, ब्यहोरा खुलेको निवेदन लिएर जानु होला । निवेदनसँगै नेपाली नागरिकताको प्रतिलिपि, काठमाडौं महानगरपालिकाबासी भएको र सहयोग आवश्यक भएको वडाको सिफारिस पनि समावेश गर्नुहोला।’

    महानगरपालिकाले विपन्न परिवारलाई किरिया र सुत्केरी खर्च दिँदा विभिन्न मापदण्ड तोकेको छ। आफ्नो घर-जग्गा नभएका र परिवारका कुनै सदस्यसँग रोजगारी नभएको अवस्थामा महानगरले २० हजार रुपैयाँसम्म किरिया खर्च दिने बताएको छ।

    यदी कसैले रेमिटेन्स प्राप्त गरेको भएमा पनि उक्त खर्च नदिइने महानगरले जनाएको छ। शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपागंता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५-६० वर्षका व्यक्ति नरहेको सुत्केरीलाई महानगरले १० हजार रुपैयाँसम्म सहयोग गर्ने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार