Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एटिएम मेसिन तोडफोड गर्ने भारतीय नागरिक पक्राउ

    एटिएम मेसिन तोडफोड गर्ने भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 804
    SHARES

    फाइल तस्विर

    पोखरा । प्रहरीले नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोपमा १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    भारतको बिहार घर भइ पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।



    पसीले पोखरा पोखरा महानगरपालिका–८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेका थिए ।



    पसीले एटिएम मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई क्षति पुर्‍याएको भन्ने सूचना प्राप्त हुनासाथ एटिएम बुथ नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    उनको साथबाट पेचकस १ थान, रड १ थान र कैँची १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार