Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • युट्युबर मनोज मानव पक्राउ, एमाले नेता बस्नेतले भने – कडाभन्दा कडा कारवाही होस्

    युट्युबर मनोज मानव पक्राउ, एमाले नेता बस्नेतले भने – कडाभन्दा कडा कारवाही होस्

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । प्रहरीले युट्युब च्यानलका संञ्चालक मनोज मानव भनिने मनोजकुमार महतोलाई पक्राउ गरेको छ ।

    नेपाल प्रहरीको साइबर ब्यूरोले ‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल सञ्चालन गरेका महतोलाई पक्राउ गरेको हो ।



    महतोमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने खालका सामग्री टिकटकमार्फत पोस्ट गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।



    मनोज विभिन्न व्यक्तिगत चरित्र हत्या हुने सामग्री बनाएर युट्युबमार्फत ‘भाइरल’ हुँदै आएका थिए । मनोज पक्राउ परेपछि बस्नेतले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै मनोज बार्गेनिङ गर्ने गिरोहको मुख्य योजनाकार रहेको उल्लेख गरेका छन् ।

    केही दिनअघि बस्नेतलाई जोडेर एउटा आपत्तिजनक भिडिओ सार्वजनिक भएको थियो । बस्नेतले अरुको फोटो भिडिओ एडिट गरेर चरित्र हत्या गर्नेलाई अधिकतम कारबाही हुनुपर्ने माग गरेका छन् ।

    फिटो भिडियो एडिट गरेर अरुको चरित्र हत्या गर्ने, सामाजिक राजनैतिक जीवन समाप्त गर्ने गरि लागिपरेका अपराधिक गिरोहको अन्त्य गर्न सबै एकजुट हुनुपर्ने नेता बस्नेतको भनाई छ ।

    केही दिनअघि पूर्वएआईजी रणबहादुर चन्द र आफूलाई सामाजिक अभियन्ता बताउने तारा बराल बसेको एक रेस्टुरेन्टको कोठामा मनोज प्रवेश गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार