Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मेयर बालेन र गृहमन्त्री श्रेष्ठबीच लन्चसहितको भेटघाट

    मेयर बालेन र गृहमन्त्री श्रेष्ठबीच लन्चसहितको भेटघाट

    अनलाइन नेपाल
  • शनिबार, २५ कार्तिक २०८०
  • 657
    SHARES

    काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बिच लञ्चसहितको भेटघाट भएको छ ।

    शनिवार बिहान मेयर बालेन निवास गैरीगाउँमा गृहमन्त्री श्रेष्ठ स्वकीय सचिव सुशन कर्माचार्य सहित पुगेका थिए ।



    मेयर बालेन पत्नी सबिना काफ्लेले एक फोटो सार्वजनिक गर्दै मन्त्री श्रेष्ठसँगको बिहानको खाना खाएको जानकारी गराएकी छिन् । फोटोमा मन्त्री श्रेष्ठकी स्वकीय सचिव कर्माचार्यले बालेनकी छोरी लिएकी छिन् ।



    केही महिनाअघि मेयर शाहले आफ्नी श्रीमती सबिना चढेको गाडी प्रहरीले रोकेको भन्दै सामाजिक सञ्जालमार्फत सरकारलाई ‘चोर’को उपमा दिँदै सिंहदरबार जलाइदिने धम्की दिएका थिए ।

    सो धम्कीलाई लिएर कारबाही गर्नुपर्ने आवाज उठेपछि उनले आफ्नो भनाई सामाजिक सञ्जालबाट हटाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार