Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • टिकटक लाइभ बसेर पटाकाको मार्केटिङ, ठूलो मात्रामा अतिसबाजी बरामद

    टिकटक लाइभ बसेर पटाकाको मार्केटिङ, ठूलो मात्रामा अतिसबाजी बरामद

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 699
    SHARES

    पोखरा । टिकटकमा बसेर पटाकाको मार्केटिङ गरेको पाईएपछि कास्की प्रहरीले कारबाही चलाएको छ।

    होस्टिङ सञ्जाल टिकटकमा लाइभ बसेर पटाकाको मार्केटिङ गरेको थाहा पाएपछि प्रहरीले ठूलो मात्रामा पटाकाहरु बरामद गरेको हो।



    पोखरा महानगरपालिका क्षेत्रका विभिन्न ठाउँबाट ठूलो मात्रामा पटाका तथा लंगुरबुर्जाहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



    बरामद गरिएका पटाकाहरुको अवैध मूल्य २ लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ। पटाका, अतिसबाजी, कोब्रा, खुर्सानी बम, रकेट बम, चकलेट बम, आलु बम, बुलेट बम, सोली बम जस्ता पटाकाहरु बरामद गरिएको प्रहरीले जनाएको छ।

    त्यसैगरी झिरझरे, एटम बम, डबल बम, गमला बम, चक्र बमजस्ता पटाकाहरु पनि बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद पटाकाहरु प्रहरीले सार्वजनिक गरेको छ।

    त्यसैगरी अवैध मानिएको लंगुरबुर्जा तथा खोरखोरे पनि प्रहरीले बरामद गरेको छ। लंगुरबुर्जाका ३५० वटा गोटी, लंगुरबुर्जा खेलाउने बाल्टी, जग, म्याट पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार