Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नवलपरासी जीप दुर्घटना : मृतक ४ जनाको सनाखत

    नवलपरासी जीप दुर्घटना : मृतक ४ जनाको सनाखत

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 606
    SHARES

    फाइल तस्विर

    नवलपरासी । पूर्वी नवलपरासीको देवचुलीमा आइतबार भएको जीप दुर्घटनामा मृत्यु भएका ६ मध्ये ४ जनाको सनाखत भएको छ ।

    दुर्घटनामा मृत्यु हुनेमा पूर्वी नवलपरासी बौदीकाली गाउँपालिका-६ का २९ वर्षीय जीप चालक छनबहादुर आलेमगर, कुमारी रानामगर, टेकमान वानटकी मगर र बुलिंटार गाउँपालिकाकी १२ वर्षीया करिश्मा ठाडा रहेका छन् ।



    अन्य २ जनाको आइतबार दिउँसोसम्म सनाखत हुन सकेको छैन ।



    बौदीकाली गाउपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

    दुर्घटनास्थल भन्दा ४२ किलोमिटर उत्तर पश्चिम बौदीकालीको मांझडाँडाबाट सुन्तला बोकेर स्थानीय जीप चढेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार