Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको जहाज सिमकोट मै रोकियो

    उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको जहाज सिमकोट मै रोकियो

    अनलाइन नेपाल
  • सोमबार, २७ कार्तिक २०८०
  • 777
    SHARES

    हुम्ला । सिमकोटबाट नेपालगन्जका लागि उडान भर्ने क्रममा जहाजमा प्राविधिक समस्या आएपछि नेपाल एयरलाइन्सको ट्वीनिटर जहाज सिमकोट विमानस्थल मै रोकिएको छ ।

    अचानक जहाजको बायाँ इन्जिनमा खराबी आउँदा जहाज सिमकोट विमानस्थल मै रोकिनु परेको हो । हवाईजहाजमा समस्या देखिएपछि बोर्डिङ पास लिएर हवाई जहाजमा चढिसकेका यात्रुहरुलाई ओरालिएको छ ।



    नेपाल एयरलाइन्सको नाइन एन-एबीयू कलसाइनको हवाई जहाज आज बिहान आठ बजे नेपालगञ्जबाट सिमकोट गएर पुनः नेपालगञ्ज फर्किने तयारीमा थियो ।



    हवाई जहाजमा यात्रुहरु चढिसकेका थिए । तर प्राविधिक समस्या देखिएको भन्दै उनीहरुलाई ओरालिएको छ । हवाई जहाज बनाउन नेपालगन्जबाट प्राविधिक बोलाइएको छ ।

    सिमकोट विमानस्थल टावरले उक्त जहाज बनिनसकेको जनाएको छ । हवाईजहाजमा कस्तो खालको समस्या हो भन्ने खुलिसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार