Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • चक्कु प्रहारबाट रौतहटमा एक युवकको मृत्यु

    चक्कु प्रहारबाट रौतहटमा एक युवकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २७ कार्तिक २०८०
  • 972
    SHARES

    फाइल तस्विर

    रौतहट । रौतहटमा चक्कु प्रहारबाट घाइते एक युवकको मृत्यु भएको छ। चक्कु प्रहारबाट गम्भीर घाइते भएका राजदेवी नगरपालिका-६ का २० वर्षीय राहुल साहको मृत्यु भएको हो ।

    उपचारको क्रममा सोमबार बिहान एलएस न्युरो हस्पिटल वीरगन्जमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    गत शुक्रवार नेमधारी वासुदेव नमुना माध्यमिक विद्यालय मुडवालबाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रममा विवादपछि भएको झडपमा परेर साह गम्भीर घाइते भएका थिए ।



    स्थानीय नागेन्द्र साह तेलीका छोरा राहुल र सोही ठाउँका उमेश साह बानियाको २० वर्षीय छोरा राहुल गुप्ताबीच विवाद भएको थियो। विद्यालय कम्पाउन्ड बाहिर भएको विवादमा गुप्ताले साहको पेट तथा छातीमा छुरा प्रहार गरी घाइते बनाएका थिए ।

    घाइते साहलाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि एलएस न्युरो अस्पताल वीरगञ्ज लगिएको थियो । आरोपी गुप्ता पनि गौरस्थित गौरीशङ्कर यादव क्याम्पसमा कक्षा ११ मा अध्ययनरत रहेका थिए ।

    आरोपी गुप्तालाई यसअघि पनि गाउँकै एक युवकलाइ मरणासन्न हुनेगरी कुटपिट गरेको आरोपमा कारबाहीमा परेका थिए ।

    जिल्ला प्रहरी कार्यालय रौतहटले भने घटनाका मुख्य आरोपी गुप्तालाई नियन्त्रणमा लिइसकिएको जनाएको छ । अन्य आरोपीको खोज तलास तथा थप अनुसन्धान भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार