Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बसको ठक्करबाट साइकलमा सवार दम्पतीको मृत्यु

    बसको ठक्करबाट साइकलमा सवार दम्पतीको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 612
    SHARES

    फाइल तस्विर

    रौतहट । रौतहटको बाग्मती–चन्द्रपुर खण्डमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

    बसको ठक्करबाट चन्द्रपुर–१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको हो ।



    घटनापछि स्थानीयले मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा सवारी आवत् जावत् ठप्प पारेका छन् । अहिले त्यस क्षेत्रमा आवागमन बन्द भएको छ ।



    पश्चिमबाट सर्लाहीतर्फ जाँदै गरेको मे १ ख २५३६ नम्बरको बसले साइकल चढेर पूर्व जाँदै गरेको राई दाम्पतीलाई ठक्कर दिएको थियो ।

    बसको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका राई दाम्पतीलाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल पुर्‍याइएको थियो ।

    अस्पतालले दुबैलाई मृत घोषित गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । प्रहरीले बस चालक बारा कोल्बीका धनबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार