Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई भारतीयको मृत्यु

    ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई भारतीयको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 531
    SHARES

    फाइल तस्विर

    रौतहट । रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा त्यसमा सवार दुई भारतीयको मृत्यु भएको छ ।

    चन्द्रपुर–५ स्थित पूर्व-पश्चिम राजमार्गको चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्यांकरले पूर्वबाट आउँदै गरेको अटोलाई ठक्कर दिँदा दुई भारतीयको मृत्यु भएको हो ।



    ज १ ह ४४८५ नम्बरको अटोलाई अम्लेखगञ्जबाट सर्लाही तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिएको थियो ।



    अटोमा सवार भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षिय पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षिय अवधेश झाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाईते दुवैको वीरगञ्जमा उपचारको क्रमम मृत्यु भएको हो ।

    मृतक दुवै अग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित वाग्मतीको नुनथर आएका थिए । साँझ उनीहरु टेम्पो चढेर चन्द्रनिगाहपुरतर्फ आउँदै गर्दा ट्यांकरले ठक्कर दिएको थियो । प्रहरीका अनुसार टेम्पोमा ६ जना सवार थिए ।

    घटना टेम्पो चालक सर्लाहीको वाग्मती नगरपालिका–६ खाल्टे बस्ने ४४ बर्षिय भुपेन्द्र सहनी घाईते भएका छन् । सहनीको दाहिने हातमा चोट लागेको छ ।

    दुर्घटना लगतै ईलाका प्रहरीले ट्यांकर चालक दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षिय प्रविण साहलाई नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार