Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • स्रोत नखुलेको ११ लाखसहित रौतहटबाट एक जना पक्राउ

    स्रोत नखुलेको ११ लाखसहित रौतहटबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १ बैशाख २०८१
  • 297
    SHARES

    रौतहट । रौतहटको सदरमुकाम गौरबाट स्रोत नखुलेको ११ लाख १५ हजारभन्दा बढी रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    गौर नगरपालिका–१ का ५६ वर्षीय वीरेन्द्र कुमार जैसवाललाई ११ लाख १५ हजार ७ सय रुपैयाँसहित पक्राउ गरिएको हो।



    जैसवाल गौरबजार नजिक साइकलमा आउँदै गरेका थिए ।



    बरामद रकममध्ये १ हजारको नोट ११ सय थान, ५ सयको नोट ३० थान र १ सयको नोट ७ थान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    पक्राउ परेका जैसवाललाई कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरको जिम्मा लगाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार