Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार गर्ने तीन भारतीय पक्राउ

    मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार गर्ने तीन भारतीय पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 1.1K
    SHARES

    रौतहट । रौतहटमा मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार गर्ने तीन जना पक्राउ परेका छन् ।

    रौतहट प्रहरीले मुनिस यादव, राजाकुमार पासवान र चन्द्र भारतीलाई हतियारसहित पक्राउ गरेको हो ।



    रौतहटको परोहा नगरपालिका-९ स्थित शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेशकुमार साहमाथि शुक्रबार गोली प्रहार भएको थियो।



    गोली चलाउने समुहका तीनै जना भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    गोली प्रहारबाट गम्भीर घाइते भएका साहलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार