Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • टिकटक बन्द गराउन मातहतका निकायलाई दूरसञ्चार प्राधिकरणको पत्र

    टिकटक बन्द गराउन मातहतका निकायलाई दूरसञ्चार प्राधिकरणको पत्र

    अनलाइन नेपाल
  • सोमबार, २७ कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले टिकटक बन्द गराउने निर्णय गरेलगत्तै कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दुरञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।

    सरकारले गरेको निर्णयको प्रतिलिपिसहित प्राधिकरणलाई सोमबार नै पत्राचार गरिएको हो ।



    सोमबार बसेको मन्त्रिपरिषदको निर्णयपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई बन्द गर्न पत्राचार गरिसकेको प्राधिकरणले जनाएको छ ।



    प्राधिकरणले टिकटकलाई पनि इमेल गरिसकेकाले सम्भवत २४ घण्टामा टिकटक बन्द हुने अपेक्षा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार