Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • धनुषामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    धनुषामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २८ कार्तिक २०८०
  • 840
    SHARES

    फाइल तस्विर

    धनुषा । धनुषामा भारतीय गाडीको ठक्करले दुई जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका–९ का १९ वर्षीय राजेश ठोकर र गणेशमान चारनाथ नगरपालिका–२ का अन्दाजी १८ वर्षीय टेमा मोक्तान रहेका छन् ।



    सोमबार राति करिब पौने १ बजे ढल्केवरदेखि पूर्वतर्फ जाँदै गरेको बीआर ०६ बिबि ८१४७ नम्बरको ट्रकले ज ११ प १२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।



    उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    ठक्कर दिने ट्रक नियन्त्रणमा लिइएको तर चालक भने फरार भएको प्रहरीले जनाएको छ। चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार