Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बर्दियामा हत्या अभियोगमा सात जना पक्राउ

    बर्दियामा हत्या अभियोगमा सात जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २८ कार्तिक २०८०
  • 1.2K
    SHARES

    संकेतिक तस्विर

    बर्दिया । बर्दियाको गुलरिया नगरपालिका -६ का २३ वर्षका वरुण घिमिरेको हत्या अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा हत्याका मुख्य अभियोगी सुलभ थापा पनि पक्राउ परेका छन् । घटनामा संलग्न अन्य केही फरार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।



    लक्ष्मी पूजाको मध्यरातमा घिमिरेलाई पुरानो रिसईबीका कारण धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



    घिमिरेलाई गुलरिया-५ जुस कारखाना नजिक एक समुहले हत्या गरेका थिए । प्रहरीले बर्दिया र भारतीय नाकामा कडाइ गर्दै अभियोगीको खोजी कार्य जारी राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार