Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

    बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 723
    SHARES

    फाइल तस्विर

    बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

    बाघको आक्रमणमा २५ वर्षकी ममता सुनारको मृत्यु भएको हो ।



    घाँस दाउराका लागि गएकी उनलाई आइतबार दिउँसो राजापुर नगरपालिका -१० सुकुम्बासी टोल नजिक नेपाल भारत सीमाना नजिक वनमा आक्रमण गरेको थियो ।



    आक्रमण बाट गम्भीर घाइते सुनारको जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

    उनीसँगै घाँस,दाउरा गर्न गएका अन्य २ महिला बाघको आक्रमणबाट तर्सिंदा बेहोस भएका छन् । उनीहरुको राजापुरमा उपचार भईरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार