Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालमा चल्न छाड्यो टिकटक

    नेपालमा चल्न छाड्यो टिकटक

    अनलाइन नेपाल
  • मंगलबार, २८ कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपालमा टिकटक बन्द भएको छ। सोमबार मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै मंगलबार बन्द भएको हो।

    अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक एपमा प्रतिबन्ध लगाएका छन् । प्राधिकरणले विज्ञप्ति जारी गरेर सरकारको निर्णय अटेर गर्ने इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ।



    अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक एपमा प्रतिबन्ध लगाए पनि केहीले भने अझै आनाकानी गरिरहेको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ।



    विज्ञप्तिमा भनिएको छ,’प्राधिकरणको निर्देशनको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशनको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुनसक्ने व्यहोरासमेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।’

    अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्तिको मानमर्दन गर्नेजस्ता गतिविध बढेको भन्दै सरकारले हालै सामाजिक सञ्जाल सञ्चलान निर्देशिका ल्याएको जारी गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार