Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • फरार हुन खोजेपछि प्रहरीले चलायो गोली

    फरार हुन खोजेपछि प्रहरीले चलायो गोली

    अनलाइन नेपाल
  • बुधबार, २९ कार्तिक २०८०
  • 2.4K
    SHARES

    महोत्तरी । महोत्तरीमा डाँका आरोपीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार रौतहटबाट पक्राउ परेका डाँका आरोपी सर्लाहीको लालबन्दी नगरपालिका—२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई गोली हानेर नियन्त्रणमा लिइएको हो ।

    उनीहरुलाई प्रहरीले भाग्न खोजेपछि गोली हानेको थियो । महोत्तरीको सोनमा गाउँपालिका—५ स्थित अर्को गाडीमा राख्न खोज्दा दुबै जना भाग्न लागेको र राति १० बजे प्रहरीले गोली प्रहार गरी दुबैजनालाई नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ ।



    उनीहरुको समूहले मिलेर विभिन्न स्थानमा डकैती गरेको आरोप छ । शक्तिको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ । दुबै जनालाई नियन्त्रणमा लिई प्रहरी महोत्तरीतर्फ आउदै गर्दा सर्लाहीको संग्रामपुरमा प्रहरीको गाडी अचानक बिग्रिन पुगेको बताइएको छ।



    महोत्तरीबाट अर्को गाडी मगाएर डाँका आरोपीलाई हाल्न खोज्दा दुबै जना भाग्न खोजेको र नियन्त्रणमा लिन गोली चलाउन परेको प्रहरीको दाबी छ । प्रहरीको गोली शक्ति र अजयको बायाँ खुट्टाको तिघ्रामा लागेको बताइएको छ । अहिले दुबै जनाको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार