Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्राधिकरणलाई टिकटकको पत्र – प्रतिबन्धको निर्णयले आश्चर्यमा पर्‍यौं, वास्तविकता के हो ?

    प्राधिकरणलाई टिकटकको पत्र – प्रतिबन्धको निर्णयले आश्चर्यमा पर्‍यौं, वास्तविकता के हो ?

    अनलाइन नेपाल
  • बिहिबार, ३० कार्तिक २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ । नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णयले आश्चर्यमा परेको भन्दै टिकटकले प्राधिकरणलाई पत्र लेखेको हो ।

    दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई सम्बोधन गर्दै गत सोमबार नै पत्र पठाएका हुन् ।



    कात्तिक २७ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको थियो । त्यही दिन त्यसको जानकारी प्राधिकरणमार्फत इमेल गरी टिकटकलाई दिइएको थियो।



    त्यसको जवाफमा टिकटकले नेपाल सरकारको यो निर्णयप्रति आश्चर्य व्यक्त गर्दै टिकटक बन्द गर्नुपर्ने वास्तविक कारणबारे आफूलाई जानकारी दिन अनुरोध गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार