Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उपसभामुख रानाले भनिन् – अब नेपालमा ठूला महल बनाउन दिनु हुँदैन

    उपसभामुख रानाले भनिन् – अब नेपालमा ठूला महल बनाउन दिनु हुँदैन

    अनलाइन नेपाल
  • शुक्रबार, १ मंसिर २०८०
  • 675
    SHARES

    काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिनु नहुने बताएकी छन् ।

    विश्व शौचालय दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले यस्तो बताएकी हुन् ।



    हरेक व्यक्तिले घर बनाउँदै जाँदा खेतीका लागि जग्गा बाँकी नरहने भन्दै उनले आफू मेयर भएको भए महल बनाउने नक्सा पास रोकिदिने समेत बताइन् ।



    उपसभामुख रानाले भनिन्, ‘महल बनाउनका लागि जो नक्सा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थें । सबैले घर बनाउँदै जाने दुई÷तीन जनाका लागि भने कहाँ बच्छ ? सबै जंगल फाँड्छन् । खानलाई पनि पुग्दैन जस्तो लाग्छ, विश्वको अवस्था हेर्ने हो भने ।’

    उनले नेपालमा राम्रो काम गर्दा असहयोग गर्ने परिपाटी रहेको गुनासोसमेत गरिन् । आफूले कोरोनाको बेलामा समस्यामा परेकाहरुलाई खाना खुवाउँदा विरोध सहनु परेको बताइन् ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले पनि विदेशी फूललाई प्रतिबन्ध लगाएको र निःशुल्क शौचालयको थप व्यवस्था गर्न खोज्दा होटल व्यवसायीहरुले नमानेको आरोप पनि उनले लगाइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार