Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बाँकेमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

    बाँकेमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १ मंसिर २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    बाँके। बाँकेको जानकी गाउँपालिकामा गोली चलेको छ । प्रहरीले गोली हानेर ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक जनालाई पक्राउ गरेको हो ।

    प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश राना घाइते भएका छन् । प्रहरीको खोजी सुचीमा रहेका आकाशलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ ।



    कार्तिक ३० मा बिहान कोहलपुर स्थित चप्परगौडीमा आकाश राना सहितका युवाहरूले मीन बहादुर बिकलाई आक्रमण गरेका थिए ।



    रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागी भारतको लखनउमा पठाइएको छ ।

    प्रहरीलाई देखेपछि आकाश राना भागेपछि गोली चलाएर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रानाको दायाँ खुट्टामा गोली लागेको छ । कार्तिक २८ मा कोहलपुर नगरपालिका–११ मा आकाश रानाले करणी प्रयास गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार