Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • स्रोत नखुलेको ३८ लाखसहित बाँकेबाट तीन जना पक्राउ

    स्रोत नखुलेको ३८ लाखसहित बाँकेबाट तीन जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 501
    SHARES

    फाइल तस्विर

    बाँके । प्रहरीले स्रोत नखुलेको ३८ लाख बढी रकमसहित बाँकेबाट तीन जनालाई पक्राउ गरेको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ सुर्खेत रोडबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।



    पक्राउ पर्नेमा बर्दियाको बारबर्दिया नगरपालिका-२ की २५ वर्षीया पूर्णिमा चौधरी, राजापुर नगरपालिका-१ का २० वर्षीय अनुप थारू र नेपालगञ्ज-१६ जैसपुरका ३६ वर्षीय हसिब अहमद जसगढ छन्।



    उनीहरूबाट स्रोत नखुलेको ३८ लाख ६३ हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    पक्राउ परेका पूर्णिमाले बोकेको झोलाबाट १६ लाख ९४ हजार रुपैयाँ र अनुपले बोकेको झोलाबाट २१ लाख ६९ हजार रुपैयाँ रकम बरामद भएको थियो।

    उनीहरूलाई भरियाको रूपमा रकम ओसारपसारमा प्रयोग गर्ने गरेको तथ्य अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार